२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

मानसराजको मुड फ्रेसमा आश्मा र सरोजको अभिनय (भिडियो)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक ६ गते सोमबार

गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराजको हो। भिडियोमा मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

निर्देशक सरोज अधिकारीले निर्देशन गरेको भिडियोलाई नवराज अधिकारीको दृश्यकैद गरेका हुन् निर्देशक सरोजकै कन्सेप्ट र कोरियोग्राफी रहेको सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेन्द वियोगीले गरेका हुन् ।

सुरज अधिकारीको सम्पादन भिडियोमा देख्न सकिन्छ । मानसका गीत पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो,  डायरीको माया मायामा, भाईरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका गीत चर्चित छन् ।

सार्वजनिक गीत मुड फ्रेस कार्टुन क्रुज नामक युट्युबबाट रिलिज गरिएको हो ।

प्रकाशित मिति : २०८० कात्तिक ६ गते सोमबार