सूचनाको शक्ति - The Power Of Information

        

व्यापारीले कमिसन मागेपछि आफैं पुस्तक बेच्दै महावीर पुन

व्यापारीले ३० प्रतिशत कमिसन मागेपछि वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनले आफ्नो आत्मकथा पुस्तक आफैले बेच्न सडकमा निस्किएका छन् । उक्त किताबबाट भएको आम्दानी बिरगञ्जको कृषि औजार केन्द्र कारखाना सञ्चालन गर्न प्रयोग गर्ने भन्दै उनले पुस्तक बिक्री गर्न थालेका हुन् ।

उनले अहिले विभिन्न ठाउँमा बसेर विज्ञापन गर्दै किताब बेचिरहेका छन् । उनले अन्लाइम मार्फत पनि आफ्नो पुसक खरिद गर्न सकिने जनाएका छन् । अनलाइनमार्फत उक्त पुस्तक खरिद गर्न यहाँ क्लिक गर्नुहोस् । उनले फेसबुक पोस्टमा लेख्दै अहिलेसम्म गरेका थुप्रै मूर्खतापूर्ण कामहरू जस्तै यो जीवन कथा लेख्ने काम पनि एउटा मुर्ख्याईँ भएको बताएका छन् ।

‘अहिलेसम्म मैले गरेका थुप्रै मूर्खतापूर्ण कामहरू जस्तै यो जीवन कथा लेख्ने काम पनि एउटा मुर्ख्याईँ नै हो,’ उनले फेसबुक पोस्टमा लेखेका छन्, ‘यो किताब बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ । वीरगन्जको कृषि औजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन ।’ पुनले यो पुस्तकको ई–बुक संस्करण पनि उपलब्ध गराउने बताएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार ०९:०१

लोकप्रिय