सूचनाको शक्ति - The Power Of Information

        

के हस्तमैथुनले डिप्रेसन हुनबाट बचाउँछ ?

हस्तमैथुनका विषयमा पक्ष विपक्षमा विभिन्न बहस चलिरहन्छ । केहीले हस्तमैथुनका फाइदा र केहीले बेफाइदाका विषयमा चर्चा परिचर्चा गरिरहेका छन् । वास्तवमा ८० प्रतिशत महिला र पुरुष दुवैले जीवनको कुनै समयमा हस्तमैथुन गरेकै हुन्छन् ।

बेफाइदाका विषयमा वैज्ञानिक तथ्य फेला नपरे पनि फाइदाका विषयमा विभिन्न अध्ययनले विभिन्न फाइदा हुने पुष्टि गरेको छ । विभिन्न प्रकारका फाइदा मध्ये डिप्रेसन कम गर्ने काममा हस्तमैथुन अचुक औषधि नै हुने अनुसन्धानकर्ताले बताएका छन् ।

डिप्रेसनका कारण मानिस तनाव र निराशा हुन्छ । तनाव र निराशा मात्र कम गर्ने मात्र होइन, हस्तमैथुनले तपाईंको इम्युनो सिस्टमलाई पनि बलियो बनाएर तपाईंलाई स्वस्थ राख्न मद्दत गर्छ । अर्गेज्मपछि शरीरमा सेता रक्तकोषहरुको मात्रा बढ्छन् ।

जसले हामीलाई रोगहरुबाट लड्न सहयोग गर्छ भन्ने कुरा एउटा अनुसन्धानकर्ताले बताएका छन् । हस्तमैथुनले महिलाहरुलाई महिनावारीको क्रममा हुने पीडाबाट राहत प्राप्त हुन्छ । निद्रा लाग्ने, खुशीको अनुभव गराउने मात्र नभएर हस्तमैथुनले शारीरिक र मानसिक स्वास्थका लागि लाभदायक मानिएको विभिन्न अध्ययनको निष्कर्ष छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार ०८:४९

लोकप्रिय