सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० कार्तिक ६ गते सोमवारको राशिफल

२०८० कार्तिक ६ गते सोमवार, २३ अक्टोबर २०२३ । आश्विन शुक्लपक्ष नवमी तिथि, १५ः११ बजेपछि दशमी । श्रवण नक्षत्र, १५ः४९ बजेपछि धनिष्ठा । चन्द्रराशि मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन उत्साहवर्धक रहनेछ । नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । स्वार्थका लागि साइनो गाँस्नेहरू पछि हट्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । चिन्तन, अध्ययन र लेखनतर्फ रुचि जाग्नेछ । लगनशीलताले कर्मसिद्धि हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रमाइलो यात्रा र भेटघाटको अवसर जुट्नेछ । व्यापार बढ्नुका साथै मनग्य रकम हातलागी हुनेछ । विशेष उपहार प्राप्त हुने समय छ । टाढाका आफन्त नजिकिनेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । पहिले आलस्य गर्नाले काम सम्पादनमा भने धेरै समय लाग्न सक्छ । तापनि मिहिनेत गर्दा उद्देश्य प्राप्त हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलको बेला मान्यजनको सहयोग लाभदायी रहनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सिद्धान्तमा मतभेद भए पनि पहिलेका सहयोगीहरूले राम्रो साथ दिनेछन् । काममा मिहिनेतको फल प्राप्त हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ । प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

दिन रमाइलो रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अरूको करकापमा काम गर्न बाध्य भइनेछ । फजुल खर्च बढ्नाले सञ्चित रकमसमेत खर्च हुनेछ । उधारोमा व्यापार गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने स्थिति आउन सक्छ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ । गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ । आयआर्जनका स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा जिन्सीलाई नगदमा रूपान्तरण गर्न सकिनेछ । समाजसेवा र नोकरीतर्फ गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आम्दानी बढ्नाले आवश्यकता र सोख पूरा गर्न सकिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । सरसापटमा गएको रकम हातलागी हुनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार ०५:५३

लोकप्रिय