सूचनाको शक्ति - The Power Of Information

        

सधैँ व्यस्त देखिने उपत्यकाका सडक सुनसान

दशैँमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान प्राय देखिएका छन् । दशैँको सप्तमी दिन केही चहलपहल देखिए पनि अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्यून देखिएको छ ।

नेपालीको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो । दशैँ मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्कँदा काठमाडौं सुनसान भएको हो ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरू प्रायः बन्द छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतवार १६:२६

लोकप्रिय