सूचनाको शक्ति - The Power Of Information

        

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराउँदै म्यानचेस्टरले जित निकालेको हो । 

म्यानचेस्टरका स्कट म्याकटोमिने र डिएगो डालोटले एक–एक गोल गरे भने सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए ।

खेलको २८औँ मिनेटमा म्यानचेस्टरका म्याकटोमिनेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, सेफिल्डका ओलिभरले ३४औँ मिनेटमा गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । 

त्यसपछि ७७औँ मिनेटमा डिएगोले गोल गर्दै म्यानचेस्टरलाई २–१ को जित दिलाए । यो जितसँगै म्यानचेस्टर युनाइटेड ९ खेलबाट १५ अङ्कका साथ आठौँ स्थानमा उक्लिएको छ भने १ अंक रहेको सेफिल्ड तालिकाको पुछारमा छ । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतवार ०८:१८

लोकप्रिय