सूचनाको शक्ति - The Power Of Information

        

आजकाे माैसम :

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना

 जल तथा मौसम विज्ञान विभाग देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

अहिले देशका केही पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहने विभागको अनुमान छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

विभागले आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतवार ०७:२०

लोकप्रिय