महान् चाड हो बडादसैँ । बडा दसैँले नै वषौँदेखि अलगिएका आफन्तहरुलाई एकआपसमा मिलानको निम्ति सेतुको काम गर्दछ । यो पर्वले आमाबाबुलाई उनका छोराछोरी र छोराछोरीलाई उनका आमाबाबुसँग मिलाउँछ । माइतीबाट अलगिएका दिदिबहिनीले जन्मदिने आमाबाबुलाई भेट्छन् । त्यसैगरी दाजुभाइले आमाबाबु र आफ्ना चेलीबेटी भेट्छन् । मानिसहरुले वर्षभरीको मेहनतको पसिना र कमाईलाई यस महान चाडमा खर्चने गरेका छन् ।
दसैँलाई जानकारहरुले आ–आफ्नै तवरले अथ्र्याउने गरेको पाइन्छ । कसैले यसलाई रंगिन चाडको रुपमा अर्थ्याउँछन् । कसैले यसलाई आफूलाई जन्मदिने आमाबाबुबाट आसिष थापेर आफ्नो उदेश्य प्राप्ति गर्ने चाडको रुपमा अर्थ्याउने गरेको पाइन्छ । विशेषगरि दसैँमा हामी असत्यमाथि सत्यको र अन्यायमाथि न्यायको विजयको सम्झना गर्छौँ । यस महान पर्वमा पहिलो नौ दिनमा शक्ति र विजयकी देवी नवदुर्गाको पूजा आराधना गरीने गरिन्छ ।
देवी दुर्गालाई समर्पित मन्दिरहरू सधैँ भक्तहरूले खचाखच भरिएका हुन्छन् । चण्डी, सत्ययुगमा देवताहरूले भूतहरूमाथि प्राप्त गरेको विजयको कथा, यसको पवित्रता र पवित्रताको लागि पढाइन्छ । दुर्गा माताको पूजा गरेपछि त्रेतायुगमा भगवान रामले समेत रावणमाथी विजय प्राप्त गरेको धार्मिक जनविश्वास रहिआएको छ । दसैँमा विषेशगरि वरिष्ठ मान्यजनबाट आशीर्वाद लिने चलन रहेको छ ।
यस पर्वमा निधारमा रातो टिका र कानमा जमरा लगाएर आशीर्वाद लिने गरिन्छ । हाम्रो हिन्दू संस्कृतिमा रातो टिकालाई भाग्य र विजयको प्रतीक मान्ने गरिन्छ । दसैँ पारिवारिक जमघट र चाडपर्वको समय पनि हो । यो सिजनमा विदेशमा रहेका मानिसहरु आफ्नो घर वा देश फर्कने गर्छन् । दसैँमा आफ्ना आमाबाबु नहुनेहरुले परिवारका अन्य वरिष्ठ सदस्यको बाहुलीबाट विजयादशमीको टीका ग्रहण गर्ने चलन रहेको छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा प्रवेश गर्नुपूर्व राजाको हातबाट र ततपश्चात राष्ट्रपतिको हातबाट समेत टीका ग्रहण गर्ने गरिएको छ । पछिल्ला केही वर्षहरुमा आफैँमा छुट्टै गरिमा बोकेको महान चाडका नाममा भड्किला कार्यहरु समेत हुने गरेको उल्लेखनीय मात्रामा भेटिन्छ । चाडका नाममा अरुको सिको गर्दा आर्थिक भार पर्ने हुन्छ । जसले गर्दा पारिवारिक बेमेल, मानसिक समस्या हुने गरेको पाइन्छ । साथसाथै मानसिक समस्याले आत्महत्या जस्ता संवेदनशील गटनाहरु समेत हुने गरेको पाइन्छ ।
आफैँमा छुट्टै महिमा बोकेको चाडलाई भड्किलो तवरले मान्नाले उल्लेखित मानवीय घटनाहरु घटेको पाइन्छ । हिन्दू धर्मावलम्बीहरुको मात्र नभई पछिल्लो समय किराँत, बौद्ध, इस्लाम लगाएतको समेत विशेष चाड बनिरहेको यस पर्वलाई आ–आफ्नो हैसियत अनुरुप मनाऔँ, मितव्ययी बनौँ, अरुको सिको बन्द गरौँ, अग्रजबाट आशीर्वाद लिएर आफूलाई अझ मजबुत बनाऔँ र अन्ततोगत्वा आफ्नो सुनौलो गन्तव्य प्राप्त गरौँ । साथसाथै बडादसैँ २०८० को सम्पूर्णमा मेरो शुभकामना ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
युवराज रोइला । काठमाडौं