२०८२ मंसिर २८ , आइतबार 14, December 2025, Sunday

यसपालिको दशैँ घमाइलो हुने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक ४ गते शनिबार

यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ ।  बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ ।

प्रकाशित मिति : २०८० कात्तिक ४ गते शनिबार