२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

त्रिकोणात्मक सिरिजः नेपालले आज पुनः हङकङसँग खेल्दै

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक ४ गते शनिबार

काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज पुनः हङकङको सामना गर्दैछ ।

नेपाल र हङकङबीचको खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सिरिजअन्तर्गत नेपालको यो तेस्रो खेल हो ।

यसअघि नेपालले पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दा दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

नेपालले चौँथोँ खेल सोमबार यूएईसँग खेल्नेछ ।

प्रकाशित मिति : २०८० कात्तिक ४ गते शनिबार