सूचनाको शक्ति - The Power Of Information

        

दसैंको टीकाको साइत मंगलबार ११ः०२ बजे

बडादसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिनेछ ।

देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार ०७:२३