सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा जीप दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते

बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

शुक्रबार बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटना हुँदा गम्भीर घाइते बुड्खोरीका २५ वर्षका रेशम महतको उपचारको क्रममा मृत्यु भएको बझाङका प्रहरी प्रमुख भरतबहादुर शाहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप ब्रेक फेल भइ खोरी र नौराको बीच सडकमा दुर्घटना हुँदा ५ जना जना घाइते भएका हुन् ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीपमा चालक विनोद धामीसहित ९ जना सवार थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार ०७:१७

लोकप्रिय