२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

मकवानपुरमा बस दुर्घटना, १५ जना घाइते

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक ३ गते शुक्रबार

मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको बस तीनतले ओरालोमा दुर्घटना भएको हो । पाँच जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक ३ गते शुक्रबार