२०८२ कात्तिक २८ , शुक्रबार 15, November 2025, Saturday

दशैंमा कस्तो रहनेछ मौसम ?

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८० कात्तिक ३ गते शुक्रबार

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज यो वर्षको दशैंका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ ।

बुलेटिनका अनुसार दशैंको अष्टमी, नवमी र विजया दशमीको दिन सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू्भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । साथै दशैंका तीन दिन देशका अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने देखिन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक ३ गते शुक्रबार