दशैँ मान्न पुर्ख्यौली थलो फर्किनेको संख्या दिनानु दिन बढ्न थालेको छ । काठमाडौंबाट बाहिर जाने नाकाहरुमा सवारी साधनको चाँप बढेको छ । दशैं मान्न कर्मथलो छोडेर पुर्ख्यौली घर फर्किनेको संख्या घटस्थापनादेखि निरन्तर बढ्दो क्रममा छ ।
ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनादेखि आज बिहान ६ बजेसम्म ४ लाख ६५ हजार ९७७ यात्रुले उपत्यका छाडेका छन् । सो अवधिमा ७१ हजार ६६२ वटा सवारी साधन काठमाडौंबाट बाहिरिएका छन् ।
वितेको २४ घण्टामा मात्र झण्डै एक लाख मानिसले काठमाडौं छोडेका छन् । यो संख्या निरन्तर बढ्दो क्रममा छ । एसएसपी भट्टले भने ‘अस्तिभन्दा वितेको २४ घण्टामा काठमाडौं छोड्नेको संख्या झण्डै दोब्बर बढेको छ । यो संख्या आज र भोलि झनै बढ्छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं