सूचनाको शक्ति - The Power Of Information

        

अहिलेसम्मकै महँगो सुन

सुनको भाउमा नयाँ रेकर्ड, आज अहिलेसम्मकै महँगो

कतिमा भईरहेको छ कारोबार?

सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

सुनको भाउ आज तोलामा एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । यसअघि गएको साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

हिजो सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । आज तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनमा परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर बनेको छ । यसले भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १४:११

लोकप्रिय