२०८३ असार ९ , मंगलबार 24, June 2026, Wednesday

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे जित, हङकङ ६ विकेटले पराजित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २ गते बिहीबार

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दाेस्राे जित निकालेकाे छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायाे ।

हङकङले दिएकाे ९५ रनकाे सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले नटआउट २५ रन बनाए ।

यसअघि हिजाे बुधवार भएकाे खेलमा नेपालले यूएईलाई हराएकाे थियाे ।

प्रकाशित मिति : २०८० कात्तिक २ गते बिहीबार