महोत्तरीमा वृद्ध दम्पत्तीबाट ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएका युवक पक्राउ परेका छन्।
गत असोज ७ गते दिउँसो वृद्ध दम्पतिबाट पैसा लुटेर फरार भएका सर्लाहीको मंलगवा नगरपालिका-५ भाडषरका २९ वर्षीय रमेश सहनीलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।
गौशाला नगरपालिका ११ भरतपुर टोल बस्ने शम्भु महतो र उनकी श्रीमती सुर्जकला देवी छोरीले पठाएको ६ लाख ३६ हजार रूपैयाँ बैंकबाट निकालेर घर जाँदै गर्दा लुटिएका थिए।
ओखलढुंगाबाट छोरी पुनिता देवी महतोले सुजर्कला देवीको खातामा सो रकम पठाएकी थिइन्। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक युवकले बैंकमा हस्ताक्षर छुटेको भन्दै बाटोबाट उनीहरुलाई झुक्याएर बैंक लाने क्रममा सहनीले पैसाको झोला लुटेर भागेका थिए।
सिसीटिभी फुटेजको आधारमा अनुसन्धान तथा खोजतलास गर्दा रमेश सहनीले सो रकम लुटेर भागेको खुलेको थियो। खोजतलाको क्रममा बुधवार दिउँसो सहनीलाई ईलाका प्रहरी कार्यालय गौशालाको टोलीले पक्राउ गरेको थियो।
गौशाला नगरपालिका-७ र सर्लाही हरिपुर्वा नगरपालिका-७ को सिमानाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको डिएसपी गिरीले जानकारी दिए।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । महोत्तरी