सूचनाको शक्ति - The Power Of Information

        

दसैँमा महँगीको मार

कलङ्कीस्थित एक फर्निचरमा कार्यरत रामप्यारी गुरुङलाई दसैँ आएपछि अर्को तनाव थपिन्छ।

फर्निचर उद्योगमा काम गरेर गुरुङले कमाएको मासिक १७ हजार रुपियाँले आफू र तीन साना छोराछोरीको खाना, स्वास्थ्य उपचार, शिक्षा र कोठा भाडालगायतको खर्च पु¥याउनै सकस छ ।

नजिकिँदो दसैँले उनलाई झनै सकस बनाएको छ । त्यसो त गएको साउनदेखि गुरुङले यसअघि पाउँदै आएको १५ हजार तलबमा दुई हजार बढेर मासिक १७ हजार रुपियाँ पुगेको छ । “तलब दुई हजार बढेर के गर्नु ?” उनी भन्छन्, “महँगी तीन वर्षको बिचमा तीन गुुना बढेको छ । थोरै कमाइले कसरी छोराछोरीको माग पूरा गर्नु र खै ।”

गुरुङको यो भोगाइले न्यून आय भएका नागरिकको अहिलेको जटिल अवस्था स्पष्ट देखाएको छ। चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि गुरुङ जस्ता थोरै कमाइ हुनेको दिनचर्या झनै कठिन भएको छ ।

न्यून आय भएका किसान तथा दैनिक मजदुरी गर्ने श्रमिकका लागि चाडपर्व सधैँ ठुलो सङ्कट लिएर आउने गर्छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार ०७:५९

लोकप्रिय