लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक-प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले कर्मचारी आव्हान गरेको हो ।
दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैङ्क भौचर प्रिन्ट गरी तोकिएका बैङ्कबाट नगद समेत बुझाउन सकिने आयोगले जनाइएको छ ।
यसअघि असोज २५ गते प्रकाशित विज्ञापनको खुलातर्फ आवेदन दिइसकेकाले समावेशी समूहमा आवेदन दिन प्रचलित कनुनबमोजिम योग्य उम्मेदवारले समेत यस सूचना बमोजिम समावेशी समूहमा थप आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।
थप समावेशी समूहमा दरखास्त पेस गर्दा उक्त थप समूहको मात्र दस्तुर लाग्नेछ ।
![1](https://npcdn.ratopati.com/media/news/1_YEl3xc99jY.jpg)
![2](https://npcdn.ratopati.com/media/news/2_VZB7Z3jir6.jpg)
सत्यपाटी संवाददाता । काठमाडौँ