सूचनाको शक्ति - The Power Of Information

        

नेपालले भारतबाट ९५ हजार टन चामल ल्याउने

नेपाल सरकारको आग्रहमा भारतले ९५ हजार टन चामल निर्यात गर्न अनुमति दिएको छ ।

भारतले चामल निर्यातमा रोक लगाउँदै आएको भए पनि अहिले ९५ हजार टन चामल निर्यात गर्न अनुमति दिएको हो । एक लाख मेट्रिक टन चामल आयातका लागि नेपाल सरकारले भारत सरकारलाई आग्रह गरेको थियो । नेपालको आग्रह अनुसार ९५ हजार टन चामल नेपाल निर्यात गर्न अनुमति दिइएको भारतको विदेश व्यापार महानिर्देशनालयले जनाएको छ ।

गएको जुलाई २० देखि भारतले गैरबासमती चामल निर्यातमा रोक लगाएकाले नेपाली बजारमा अभावको स्थिति देखा परेको थियो । भारतले नेपाल लगायत सात देशलाई १० लाख ३४ हजार ८ सय टन चामल निर्यातको कोटा दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार ०७:३३

लोकप्रिय