२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले आज हङकङसँग खेल्ने

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २ गते बिहीबार

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले आज हङकङसँग खेल्नेछ ।

खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ । हिजो यूएईलाई ७ विकेटले हराउँदै नेपालले श्रृंखलामा विजयी शुरुवात गरेको छ ।

नेपालले पर्सि ४ गते फेरि हङकङसँग नै खेल्ने छ भने ६ गते यूएईसँग खेल्नेछ । श्रृंखला डबल राउण्ड रोविनका आधारमा हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रकाशित मिति : २०८० कात्तिक २ गते बिहीबार