सूचनाको शक्ति - The Power Of Information

        

प्रेमिका भेट्न जाँदा एक लाख लुटियो, दुईजना पक्राउ

तुलसीपुरमा एक युवक प्रेमिका भेट्न जाँदा लुटिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-८ कृष्ण मन्दिरका १७ वर्षीय दिनेश वली प्रेमिका भेट्न गएका बेला लुटपाटमा परेका हुन् ।

ईप्रका तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार वलीको साथबाट आज बिहान ११ः४५ बजे एक लाख रूपैँया र एउटा मोबाइल सेट तुलसीपुर ९ दोघरे सशस्त्र बेस क्याम्प नजिकैबाट लुटिएको हो ।

वली एटीएमबाट पैसा निकालेर दशैं बिदामा घर जान लागेकी प्रेमिका भेट्न सशस्त्र क्याम्प नजिकै पातुखोला किनारमा पुगेका थिए । उनलाई लुटपाट गरेको आरोपमा तुलसीपुर ५ नयाँ बसपार्कका १८ वर्षीय सुनिल मगर र २० वर्षीय आयुष विकलाई पक्राउ गरेको छ ।

दिनेश सँग आयुषले पहिले फोन गर्न मोबाइल मागेको र पछि एकलाख पैसा समेत लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गरेको सूचना पाउना साथ प्रहरीले खोजतलास सुरू गरेको थियो ।

लुटपाट गरेर भागेका आयुष र सुनिललाई तुलसीपुर १० राइखलियानबाट इप्रका तुलसीपुर, अस्थायी प्रहरी पोष्ट बसपार्क र बेलुवा चौकीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

सुनिलको साथबाट ९० हजार र आयुषको साथबाट १० हजार र मोबाइल बराम भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाइ ईप्रका तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १६:५३

लोकप्रिय