सूचनाको शक्ति - The Power Of Information

        

भारतीय प्रधानमन्त्री मोदीको कति छ मासिक तलब र सम्पत्ति ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिजो ७३ औं जन्मदिन हो । सन् १९५०, सेप्टेम्बर १७ मा गुजरातको भडनगरमा उनको जन्म भएको थियो ।

२०१४ देखि उनी लगातार भारतीय प्रधानमन्त्रीका रुपमा सत्तामा छन् । उनको नेतृत्वमा भारत विश्वकै तीव्र गतिमा बढ्ने अर्थतन्त्र बनेको छ । तर, के तपाईंलाई उहाँको सम्पत्ति र सेलरीबारे थाहा छ ? छैन भने यहाँ दिइएको छ ।

प्रधानमन्त्री मोदीको मासिक तलब कति ?

प्रायःजसो मानिस प्रधानमन्त्रीसँग के के छ भन्ने जान्न चाहन्छन् । जस्तो कि, कहाँ–कहाँ घर छन्, कति सम्पत्ति छ, कहाँ लगानी गर्छन्, आदि–इत्यादि । गत वर्ष प्रधानमन्त्री कार्यालयले यसबारे विस्तृत विवरण सार्वजनिक गरेको थियो ।

त्यसमा भारतीय प्रधानमन्त्रीको तलब वार्षिक ३२ लाख रुपैयाँ हाराहारी हुन्छ । यसरी हेर्दा मोदीको मासिक तलब करिब ३ लाख जति हुन्छ । प्रधानमन्त्रीले पाउने यो तलबमा बेसिक पेबाहेक दैनिक भत्ता, सांसद भत्तासहित अन्य विभिन्न भत्ता पनि पर्छन् ।

मोदीको सम्पत्ति

गत वर्ष प्रधानमन्त्री कार्यायले सार्वजनिक गरेको विवरण अनुसार प्रधानमन्त्री मोदीको मार्च २०२२ सम्म कुल चल–अचल सम्पत्ति साढे ३ करोड रुपैयाँ छ । प्रधानमन्त्रीको बेवसाइटमा राखिएको विवरण अनुसार साढे ३ करोड रुपैयाँमध्ये अधिंकाश रकम बैँक खातामा जम्मा छ ।

छैन अचल सम्पत्ति

विवरण अनुसार प्रधानमन्त्री मोदीसँग कुनै पनि अचल सम्पत्ति छैन । उनीसँग गुजरात, गान्धीनगरमा एक टुक्रा जमिन थियो । त्यो दान गरिसकेका छन् । अक्टोबर, २०२२ मा मोदी गुजरातको मुख्यमन्त्री हुँदा आवासीय जमिन खरिद गरेका थिए । उक्त जमिनमा उनी तेस्रो हकवालाका रुपमा थिए ।

आफ्नै सवारी साधन पनि छैन

एक रिपोर्टअनुसार प्रधानमन्त्री मोदीको कुनै पनि बन्ड, सेयर या म्युचुअल फन्डमा पनि लगानी छैन । साथै निजी सवारीसाधन पनि छैन । मार्च, २०२२ को सम्पत्ति–तथ्यांकअनुसार मोदीसँग झन्डै तीन लाख बराबरका चार सुनका औंठी थिए ।

यसैगरी बचतको कुरा गर्दा पोस्ट अफिस (हुलाक कार्यालय) मा ९ लाख ५१ हजार भारुको राष्ट्रिय बचत प्रमाणपत्र र १ लाख ८९ हजार भारुको जीवन बिमा पोलिसी छ । यस्ता सादगी प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ०८:०२

लोकप्रिय