हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।
‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ ।
साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ । बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्,
– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ । विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी–देवताको कृपा हुने गर्छ ।
– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ ।
– जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं