सूचनाको शक्ति - The Power Of Information

        

इजरायलबाट थप १९ जना नेपालीको उद्धार

इजरायलबाट सरकारले थप १९ नेपालीको उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका १९ नेपालीको उद्धार गरेको हो । परराष्ट्र मन्त्रालयले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जनाएको छ ।

मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ । यसअघि पहिलो चरणमा इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको थियो ।

नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट उनीहरुलाई नेपाल ल्याइएको थियो । उनीहरुलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु बिहीबार इजरायल गएका थिए ।

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरु

– नन्दसिंह भुल
– सुजेन्द्र खड्का
– प्रतिभा रौनियार
– अनुमा डंगोल
– हिना खाँण
– आतिस गुरुङ
– जुनु गुरुङ
– मौसमी पाख्रिन
– प्रतिमा तिम्सिना
– राजकुमार मानन्धर
– संगीता दुलाल
– उर्मिला रावल
– ममता थापा
– दिलकुमारी अधिकारी कार्की
– निश्चल श्रेष्ठ
– समिता बस्नेत
– अम्बिका सुवेदी
– सरिता गुरुङ
– उर्मिला श्रेष्ठ

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १२:३४

लोकप्रिय