सूचनाको शक्ति - The Power Of Information

        

कारबाही भोगेका ‘डीएसपी’ पुरस्कृत !

प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशी पुरस्कृत भएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन् ।

वडा प्रहरी कार्यालय बैदाम, कास्कीको प्रमुख रहँदा जोशीले उत्कृष्ट सेवा गरेवापत पदक पाएको बताइएको छ । तर, जोशीलाई दिइएको पदकमा प्रश्न चिन्ह खडा भएको छ । राजनैनिक पहुँचका भरमा उनलाई पदक दिइएको बताइन्छ ।

असोज १० गते जोशी कारबाहीमा परेका थिए । कारबाहीको एक महिना नपुग्दै उनलाई पदक दिइएको हो । गृह मन्त्रालयले वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत रहँदा जोशीलाई हेडक्वार्टर तानिएको थियो ।

कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशीलाई त्यतिबेला प्रहरी प्रधान कार्यालयमा ल्याइएको थियो । डीएसपी जोशीको ठाउँमा अर्का डिएसपी राजेन्द्र श्रेष्ठलाई पठाइएको थियो ।

त्यतिबेला मणिपालमा लमजुङकी ५७ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि तनाव भएको थियो । सोही क्रममा मृतकका आफन्त र स्थानीयबासिन्दाका साथै प्रहरीबाटै डाक्टरमाथि आक्रामण भएको थियो ।

मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका एक प्रहरीले ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोशित भीडलाई उक्साएका थिए । सोही प्रकरणलाई लिएर जोशीको सरुवा भएको थियो । त्यसअघि कैलालीमा बस्दासमेत उनी विवादित बनेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार ०९:४९

लोकप्रिय