सूचनाको शक्ति - The Power Of Information

        

किन घरभित्र राखिन्छ ‘स्नेक प्लान्ट’ ?

गमलामा विभिन्न किसिमका फूल तथा वनस्पतिहरू सजाएर राखेको हामीले देख्दै आएका छौँ । केही फूल तथा वनस्पतिहरू घर बाहिर सजाएर राखिएका हुन्छन् भने केही घरभित्रै पनि हुन्छन् । फूल तथा बोटबिरुवाले घरको सौन्दर्य बढाउने मात्र नभइ मानिसका लागि धेरै फाइदा पनि दिन्छ । यसैमध्येको एक हो स्नेक प्लान्ट ।

अधिकांश घर तथा कार्यालयमा स्नेक प्लान्ट लगाएको पाइन्छ । नेपालमा करिब २० किसिमका स्नेक प्लान्ट पाइन्छ । यो प्लान्ट झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । सर्प जस्तो देखिने यो बिरुवा रोप्नुका आफ्नै फाइदाहरू छन् । यो प्लान्ट घर भित्र राख्दा यसले हावा शुद्ध बनाउने काम गर्छ । स्नेक प्लान्टले कार्बनडाइअक्साइड शोषण गरेर अक्सिजन उत्पादन गरिरहन्छ ।

त्यसैले धेरैले यसलाई घरको प्यासेज, वा बैठक कोठामा राख्ने गर्दछन् । स्नेक प्लान्टले रातमा समेत अक्सिजन उत्सर्जन गर्ने गर्दछ । यसलाई बेडरुममा राख्दा रातमा गहिरो तथा राम्रो निद्रा लाग्ने तथा हावामा रहेका श्वासप्रश्वास सम्बन्धी रोगहरू बढाउने केही हानिकारक रसायनहरू जस्तै– जाइलिन, ट्राइक्लो–रेथिलिन, टोल्युइन, बेंजिन र फर्मल्डिहाइडलाई हटाउने कार्य गर्दछ ।

स्नेक प्लान्टको हेरचाह कसरी गर्ने ?

यो प्लान्ट अरु प्लान्टभन्दा हुर्काउन निकै सजिलो छ, यसलाई धेरै पानी पनि हाल्नुपर्दैन महिनाको दुई पटक पानी हाल्दा पुग्छ । यसलाई हल्का घामको आवश्यकता पर्छ, समय–समयमा यसका पात काटिरहनुपर्छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार ०८:०४

लोकप्रिय