सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा स्कुल बस पल्टिँदा एकको मृत्यु

बाँकेको खजुरा गाउँपालिकास्थित नेपालगन्ज–गुलरिया सडक खण्डमा स्कुल बस पल्टिँदा भएको दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ ।

स्थानीय दीपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका–६ का १२ वर्षीय योसेप नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक अशोक मल्लले बताए ।

प्रहरी निरीक्षक मल्लका अनुसार सोमबार साँझ विद्यालयबाट घर पुर्याउने क्रममा खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको ना ४ ख ६५१ नम्बरको बसको स्टेरिङ फेल भएर जेठी नाला नजिकैको पुलबाट पल्टिएको थियो । बसमा करिब ४० जना विद्यार्थी सवार थिए ।

तीमध्ये दुर्घटनामा ३० जना सामान्य घाइते भएका छन् । घाइते भलाई स्थानीय अस्पतालमा उपचार गराएर घर फर्काइएको छ । गम्भीर घाइते एक जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार ०७:३०

लोकप्रिय