सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० असोज ३० गते मंगलवारको राशिफल

२०८० असोज ३० गते मंगलवार, १७ अक्टोबर २०२३ । आश्विन शुक्लपक्ष तृतीया तिथि । विशाखा नक्षत्र । चन्द्रराशि तुला, १४ः२५ बजेदेखि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । वादविवादबाट बच्ने उपाय अवलम्बन गर्नुहोला । अपराह्नतिर स्वास्थ्य कमजोर हुने र काम रोकिने सम्भावना देखिन्छ । अर्थअभावले सताउनेछ । दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । स्वास्थ्य समस्या र शत्रुबाधा देखापर्ने हुँदा काम रोकिन सक्छ । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । अपराह्नतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रमाइलो यात्राको साइत पनि जुर्न सक्छ । मिहिनेतले उपलब्धि दिलाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा समय दिन नसकिएला । बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ । समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ । अपराह्नतिर स्थिति अनुकूल बन्नेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । रचनात्मक कार्यले फाइदा दिनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला । अरूको आक्षेप सहनुपर्ने हुन सक्छ । घरेलु समस्याले निराश तुल्याउनेछ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ । देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । प्रतिस्पर्धामा उत्रनुपर्ला । सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन् । उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला । आफन्त टाढिने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बोलीको प्रभाव कमजोर बन्नेछ र विवादास्पद काममा हातहाल्दा समस्या पर्न सक्छ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित कामबाट फाइदा हुनेछ । साँझतिर पेसा–व्यवसायमा लाभ उठाउन सकिनेछ । विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । ईर्ष्या गर्नेहरूबाट अलि सावधान रहनुपर्ला । अरूको भरपर्दा काम रोकिन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

बिहान समस्यायुक्त काममा जुट्नुपर्ने अवस्था रहनेछ । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । मिहिनेतले फाइदा हुने काम गर्न सकिनेछ । आजको उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । पेसा–व्यवसायमा पनि लाभ हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती समेत झेल्नुपर्ला । समय दिन नसक्दा काम रोकिन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । सानो प्रयत्नले ऋणमोचन हुने सम्भावना छ । दिउँसोतिर खर्चिलो काम सुरु हुनेछ र धनसंग्रहमा बाधा पुग्नेछ । तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ । प्रयत्न गर्दा लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । समय र कामको तालमेल नहुँदा केही पछि परिनेछ । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन् । तापनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । रोकिएको काम बन्नेछ भने पेसा–व्यवसायमा फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ । मिहिनेतको उपलब्धि प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत परे पनि फाइदा कम मात्र हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिएला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरूको फाइदाका लागि उपयोग भइने समय रहेकाले सावधान रहनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनुको साथै रोकिएको काम सम्पादन हुनेछ । भेटघाट र किनमेलमा रुचि बढ्नेछ । पेसा–व्यवसायमा पनि फाइदा उठाउन सकिनेछ । नयाँ काम प्रारम्भ हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । अवसरका लागि दौडधुप गर्नुपर्ला । तत्काल लाभ नभए पनि मध्याह्नदेखि प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । तर अवसरका साथ केही चुनौतीसमेत देखापर्ने छन् । स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार ०७:००

लोकप्रिय