आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा सोमबार अष्ट्रेलिया र श्रीलंका भिड्दैछन्।
भारतको लखनऊमा दिउँसो सवा २ बजे शुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन्।
दुवै टोलीले शुरुवाती दुई खेलमा हार व्यहोरेकाले आजको खेल महत्त्वपूर्ण छ। भारत र दक्षिण अफ्रिकासँगको खेल हारेको अष्ट्रेलिया अंक तालिकाको अन्तिम स्थानमा छ।
यस्तै दक्षिण अफ्रिका र पाकिस्तानसँग पराजित भएको श्रीलंका आठौँ स्थानमा छ। यी दुई टोलीबीच भएका पछिल्ला पाँचवटा एक दिवसीय खेलमा तीन खेल श्रीलंकाले जित्दाअष्ट्रेलिया दुई खेलमा विजयी भएको छ ।
यसअघि गएरातिको खेलमा अफगानिस्तानले इङ्ल्याण्डलाई ६९ रनले हराएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ