सूचनाको शक्ति - The Power Of Information

        

इजरायली आक्रमणले गाजा क्षेत्रमा मानवीय संकट

इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा चरम मानवीय संकट उत्पन्न भएको छ ।

इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । एक साता लामो हवाई हमलापछि इजरायली सेनाले थालेको स्थल आक्रमणले गाजामा झनै संकट बढाएको छ ।

इजरायली सेनाको उर्दी अनुसार उत्तरी गाजाका ११ लाख जनतामध्ये ४ लाखभन्दा बढी पछिल्लो ४८ घण्टामा आफ्नो थातथलो छाडेर पलायन भएका छन् ।

उनीहरु तुलनात्मक रुपले सुरक्षित मानिएको दक्षिणी क्षेत्रतर्फ लागेको बताईएको छ । इजरायली आक्रमणमा घाइते भएकाहरुले अस्पताल भरिदा उपचार गर्न कठिन भएको छ ।

शव ब्यबस्थापन गर्न स्थान अभाव भएका कारण चिसो सामान ढुवानी गर्ने सवारी साधनमा शव राख्न थालिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार ०८:०२

लोकप्रिय