पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले आफू कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग प्रेममा रहेको खुलासा गरेकी छन् ।
सामाजिक सञ्जालमा एउटा रिल सेयर गर्दै उनले यसको खुलासा गरेकी हुन् । यसअघि, यी दुई प्रेममा रहेको खबर सार्वजनिक भएपनि उनीहरुले सार्वजनिक रुपमा प्रेमको सत्यता स्विकार गरेका थिएनन्।
तर, आइतबार सामाजिक संजालमा केही रोमान्टिक तस्वीर सार्वजनिक गर्दै उनले सम्भवसँगको प्रेम स्विकार गरेकी हुन्। उनले लेखेकी छिन्,‘नमस्ते, हामी सम्भव र श्रृङ्खला । म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम साझा गर्न पाउँदा खुशी छु।’
उनले, आफूहरुबीचको नाम ‘होपलेस-रोमान्टिक’ रहेको पनि उल्लेख गरेकी छिन्। श्रृङ्खलाले आफूहरु दुबै अन्तरमुखी व्यक्तिलाई प्रेम सार्वजनिक गर्नका लागि ठूलै साहस चाहिएको पनि उल्लेख गरेकी छिन्। तर, आफूहरुले भन्नैपर्ने समय आएकाले भनेको उनले लेखेकी छिन्।
इन्स्टाग्राममा सम्भवसँगकाे रोमान्टिक तस्वीरको भिडियो शेयर गर्दै उनले लेखेकी छिन्, ‘यहाँ गत बर्ष मैले तपाईंसँग कस्तो महशुश गरेको छु भनेर व्यक्त गर्ने असफल प्रयास गर्दैछु।
असफल यसकारण कि, मलाई थाहा छ मैले महशुश गरेको भावनाहरुलाई मैले कहिल्यै न्याय गर्न सक्दिनँ। जुन म तपाइसँग महशुश गर्छु । म मेरो जीवनभर एक आशाहीन रोमान्टिक रहेकी छु।
मसँग मेरो व्यक्तिगत डायरीमा ‘प्रेम के हो’ भन्ने जवाफ दिन प्रयास गर्ने कम्तीमा २० फरक खाताहरु छन्। जबदेखि म ११ बर्षको उमेरमा थिएँ। तपाइलाई नभेटेसम्म मैले यसको अर्थ फेला पारेको थिइनँ जस्तो लाग्छ।’
श्रृङ्खलाले सम्भवसँग भेट भएपछि आफ्नो जीवनको मोड नै परिवर्तन भएको उल्लेख गरेकी छिन्।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ