दसैंको पहिलो दिनमै पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको हो । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको निगमले जनाएको छ ।
काठमाडौं उपत्यका पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ ।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोललाई १६९ र डिजेललाई १६५ रुपैयाँ पर्नेछ ।
सुर्खेत र दाङमा पेट्रोललाई १७१ र डिजेललाई १६७ रुपैयाँ पर्नेछ । स्वचालित प्रणाली अनुसार ल आयल निगमले मूल्य समायोजन गरेको जनाएको छ ।

सत्यपाटी संवाददाता । काठमाडौं