सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका दुई वरिष्ठ स्रष्टा सम्मानित

विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेशले नेपालगन्जमा कृति विमोचन, विमर्श तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाँकेका १४ जना लघु कथाकारहरूद्वारा संयुक्त रूपमा तयार पारिएको बाँकेका प्रतिनिधि लघुकथाहरू नामक लघुकथा सङ्ग्रहको विमोचन गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मी, लुम्बिनी विश्वविद्यालय सेवा आयोगका सदस्य कृष्णप्रसाद घिमिरे, लेखक नरेन्द्रजंग पिटर, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्की, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले लघुकथाको संयुक्त रूपमा विमोचन गरे ।

सोही कार्यक्रममा लघुकथा लेखनमा विशेष योगदान पु¥याएको भन्दै महासङ्घले साहित्यकार छविलाल खड्का मगर र किरण आचार्यलाई सम्मान गरेको थियो ।

कार्यक्रममा बाँकेका १४ जना लघुकथाकारहरूद्वारा संयुक्त रूपमा तयार पारिएको बाँकेका प्रतिनिधि लघुकथाहरू लघुकथा सङ्ग्रहको समीक्षा पनि गरिएको थियो ।

प्रत्येक कथाकारका नौ/नौ कथाहरू सहित १२६ कथाहरू समेटिएको उक्त कृतिको समीक्षा गर्दै खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीले संयुक्त रूपमा सिङ्गो बाँकेलाई चिनाउने गरी आएको कृति प्रकाशनको कार्य सह्रानीय रहेको र कृतिका केही कमी कमजोरीहरूलाई भने सुधार्दै लैजानुपर्ने विचार व्यक्त गरे ।

यसैगरी, कार्यक्रममा सुनिता राईद्वारा लिखित ‘म युग बगिरहेछु’ कवितासंग्रहको समालोचना समालोचक गीता अर्यालद्वारा गरिएको थियो । अर्यालले कृतिभित्र रहेका नारीवादी चिन्तन, प्रकृति, मानवता, डायस्पोरामा देखिएका कारुणिकताका साथै बिम्ब प्रतीक अलङ्कार जस्ता साहित्यिकताका कारण कृति पठनीय बनेको बताए ।

सो कार्यक्रममा प्रा.डा. जनार्दन आचार्य, कर्णाली प्रदेशका योजना आयोगका सदस्य जीतबहादुर शाह, पूर्णलाल चुके, खगेन्द्र गिरि कोपिला, मणि अर्याल, चरित्र शाह, बालकृष्ण शर्मा लगायत चार दर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतवार १९:०५

लोकप्रिय