सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जबाट अवैधरुपमा लगिएको चिनी सुर्खेतमा बरामद

सुर्खेत प्रहरीले अवैध चिनी बरामद गरेको छ ।

शनिवार राती ८ बजे नेपालगञ्जबाट दैलेख लगिँदै गरेको १ लाख ५२ हजार बराबरको अवैध चिनी बरामद गरेको जनाएको छ । प्रहरीले ५० केजीको २६ बोरा र २५ केजी को २४ बोरा गरी जम्मा सानो ठुलो गरी ५० बोरा चिनी सुर्खेत सुब्बाकुना चेक पोष्टबाट बरामद गरेको हो ।

सुब्बाकुना चेक पोष्ट अगाडी डिउटीमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट दैलेख तर्फ जादै गरेको भे १ ख ३१४४ नम्बरको ट्रकलाई जाचँ गर्दा लुकाई छिपाई राखेको बिल नभएको अवैध चिनीको बोराहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतवार १९:०२

लोकप्रिय