सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौको न्यूनतम तापक्रम आज २ डिग्री सेल्सियसले घट्यो

काठमाण्डौको न्यूनतम तापक्रम आज २ डिग्री सेल्सियसले घटेको छ ।

बिहान काठमाण्डौको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद्ले बताएका छन् ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस थियो । आजको न्यूनतम तापक्रम हिजोको भन्दा २ दशमलव २ डिग्री सेल्सियसले घटेको हो । गएराति काठमाण्डौको तापक्रम हिजो अस्तिको भन्दा चिसो थियो । न्यूनतम तापक्रम अझै घट्ने अनुमान छ ।

आज बादल लाग्ने तथा भोलि र पर्सि धेरैजसो ठाउँमा पानी पर्ने भएकाले तापक्रम घट्ने अनुमान गरिएको हो । न्यूनतमसँगै अधिकतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको मात्रै होइन देशभरकै तापक्रम घट्दो क्रममा छ ।

मौसमविद्ले आउँदो बुधवारदेखि मौसममा सुधार आउने बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतवार ०९:०३

लोकप्रिय