आज १५ अक्टोबर अर्थात विश्व हात धुने दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो ।
आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । आफ्ना हातहरु सफा राख्नु स्वास्थको हिसाबले एउटा महत्वपूर्ण कार्य हो ।
सफा हातले रोगव्याध लगायत अन्य संक्रमण र किटाणुहरुबाट समेत मानिसलाई पर राख्दछ ।विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङकले देखाएको छ ।
अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला मानिएको छ । यस्तो अवस्थामा साबुन पानीले हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने चिकित्सकहरुको भनाई छ ।
खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानीले मज्जाले मीचीमीची धुन जरुरी छ ।
राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । शुरु शुरुमा नेपालमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन रहेको थियो । तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारीता धेरै रहेको चिकित्सकहरु बताउँछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ