सूचनाको शक्ति - The Power Of Information

        

हमासमाथि आक्रमण अझै सशक्त बनाउने इजरायलको घोषणा

 इजरयाल र हमासबीचको युद्ध जारी रहेकै बेला इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा जमीन, वायु र समुद्रबाट थप आक्रमण गर्ने तयारी गरेको छ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीका अग्रपंक्तीका सुरक्षाकर्मीहरुलाई इजरायल आक्रमणको सामना गर्न तयार रहन चेतावनी दिनुभएको छ ।

साथै उहाँले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टाइनहरुलाई सो भूमी छोड्न अपिल गर्नुभएको छ । उत्तरी गाजाबाट पलायन हुने क्रममा रहेका सवरीसाधनमाथि इजरायलले गरेको आक्रमणमा थुप्रै बालबालिका र महिलाहरुका मारिएका छन् ।

हमासले गत साता बन्धक बनाएको इजरायली लगायत बिभिन्न देशका १ सय ५० जनाको अवस्था अज्ञात छ । इजरायलमा गत साता हमासले गरेको आक्रमणमा १३ सयको मृत्यु भएको र इजरायलले गाजापट्टीमा गरेको जवाफी कारवाहीमा २२ सय जनाको मृत्यु भइसकेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनी नेता मोहमद अब्बाससँग कुराकानी गर्नुभएको छ । इजरायलको साथ दिने बचन दिएको अमेरिकाले युद्धमा इजरायललाई सैन्य सामग्रीहरु उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतवार ०८:५१

लोकप्रिय