सूचनाको शक्ति - The Power Of Information

        

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते (भिडिओसहित)

मनाङ एयरको हेलिकोप्टर आज शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ । बिहान सवा ७ बजे ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ को लोबुचेमा दुर्घटनामा परेको हो ।

दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टरमा आगलागी भएको थियो । दुर्घटनामा हेलिकोप्टर पूर्णरूपमा जलेर नष्ट भएको छ भने पाइलट प्रकाश सेढाइँ घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार क्याप्टेन सेढाइँलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइ उपचारका लागि ह्याम्स अस्पताल लगिएको छ । यात्रु लिन गएको मनाङको हेलिकप्टरमा पाइलट सेढाइँ मात्रै थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ०९:३५

लोकप्रिय