२०८३ जेठ २८ , बिहीबार 11, June 2026, Thursday

खाली पेटमा लसुन, स्वास्थ्यका लागि अमृत !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० असोज २७ गते शनिबार

मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । खाली पेट लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।

लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।

लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।

  • लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।
  • लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।
  • लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।
  • लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।
  • स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।
स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार