२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday
मौसम पूर्वानुमान

कस्तो रहला आजको मौसम ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० असोज २७ गते शनिबार

हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, वागमती, गण्डकी र कर्णालीका थोरै तथा बाँकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । आइतबार पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार