राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को पुनर्योग नतिजामा चित्त नबुझे निवेदन दिएर उत्तरपुस्तिका हेर्न पाइने जनाएको छ।
परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार पुनर्योगको नतिजाउपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात् कात्तिक १० गतेसम्ममा तोकिएको शुल्क बुझाएर बोर्डको सम्बन्धित कार्यालयमा निवेदन पेस गर्न सकिनेछ।
प्रतिविषय शुल्क २ हजार तोकिएको छ। बोर्डले कक्षा-१२ को पुनर्योगको नतिजा हिजो (बिहीबार) प्रकाशित गरिसकेको छ। बोर्डद्वारा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित कक्षा-१२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका थिए।
परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० दिनपश्चात् सक्कल ग्रेडसिटसहित बोर्डका सम्बन्धित कार्यालयहरूमार्फत उक्त कार्यालयमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।
पूरा सूचना
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ