सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरी बलले चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्ने

सशस्त्र प्रहरी बलले चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्ने भएको छ ।

यस योजना अन्तरगत सशस्त्र बलका २९ हजार १ सय ५४ जना प्रहरी परिचालित गरिने छ । सशस्त्र प्रहरीले आज प्रेस विज्ञप्ति जारी गर्दै तत्कालै खट्ने गरी करीव २ हजार ९ सय २९ जनालाई तयारी हालतमा राखिएको जनाएको छ ।

करीब ७५ प्रतिशत जनशक्ति फिल्डमा खटिने र विशेषगरी सीमावर्ती ईलाका तथा नागरिकको सेवा, सुरक्षा र उद्धारमा सुरक्षा योजना केन्द्रीत रहेको पनि सशस्त्र प्रहरी बलले जनाएको छ ।

सीमा क्षेत्रमा छिमेकी देशका सुरक्षाकर्मीसंगको समन्वयमा १ सय २५ स्थानमा नागरिक सहायता कक्ष र ३३ स्थानमा नागरिक स्वास्थ्य सहायता कक्ष स्थापना गरेको पनि जनाइएको छ ।

पूर्वी नाका काँकडभिट्टाको मेची पुल ईलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचा गर्नसक्ने तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको पनि सशस्त्रले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १७:४३

लोकप्रिय