सूचनाको शक्ति - The Power Of Information

        

बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा

प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा गरेको छ । पछिल्लो समय धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै बाँकेका एसपी सन्तोषसिंह राठोर र सर्लाहीका एसपी नरेशराज सुवेदीको काज सरुवा गरिएको हो ।

राठोरको ठाउँमा सुवासचन्द्र बोहरा र सुवेदीको ठाउँमा प्रवीण धिताललाई पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । त्यस्तै बाँकेका सीडीओ विपीन आचार्य गृहमा तानिएका छन् । उनको ठाउँमा इलामका सीडीओ श्रवणकुमार पोखरेललाई पठाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १३:२९

लोकप्रिय