सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि मालवाहक गाडी नचल्ने

विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई सहज गराउन आजैदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार ग्रामीण भेगका बाटो बिग्रेका कारण यसैपनि यात्रामा समस्या आउने हुँदा मालवाहक सवारी साधनले निकै नै समस्या निम्त्याएको छ ।

उनी भन्छन्, ‘मालवाहक सावरी साधनलाई २६ गते देखि नै कतैबाट नआउने गरी अत्यावश्यक सवारी साधन बाहेक हेबी १८ चक्के २० चक्के सवारी साधन आउने गरेका छन् ।

त्यसले गर्दा सडकमा ठुलो अवरुद्ध हुन्छ । त्यसलाई २६ गतेबाट नारायणघाटबाट बर्दिबास हुँदै काठमाडौं बिपी राजमार्गबाट आउने र काठमाडौं नाका भित्रिने मालवाहक अत्यावश्यक र खाद्यान्न बाहेकका अन्य सवारी साधनलाई रोक्ने यातायात विभागले निर्णय गरेको छ ।’

उनले यात्रुवाहक सवारीलाई प्राथमिकता दिँदा यात्रुलाई सहज हुने बताए । सिटौलाले भने, ‘यसो गर्दा सर्वसाधारणलाई सहजीकरण हुन्छ । मेची महाकालीका सबै सडकहरूमा १०/१५ दिनको समयमा लाखौँ मान्छे निकाल्नु पर्ने हुन्छ ।
सबै सडकमा यात्रुवाहक सावरी साधनलाई पहिलो प्राथमिकता दिँदा सबै क्षेत्रले गाडी आउन-जान सहज बनाउन सहयोग गर्नेछन् । ’

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १०:१३

लोकप्रिय