२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी-२’ आजबाट हलमा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज २६ गते शुक्रबार

नारायण रायमाझीद्वारा निर्देशित ‘परदेशी’ को सिक्वेल ‘परदेशी-२’ आजबाट देशभर रिलिज हुँदैछ।

चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ। गायनमा स्थापित सपूतले यही सिनेमाबाट अभिनेताको रूपमा डेब्यू गरेका हुन्।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेशनमा सिनेमालाई आज पहिलो दिन ३७ शो उपलब्ध गराएको छ। यसैगरी दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले ३ वटा स्टेशनमा १२ शो दिएको छ।

रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले ४-४ शो दिएका छन्। काठमाडौंका अरु मल्टीप्लेक्सहरु बिग मुभिजमा ३ शो, वान सिनेमाजजमा १२ शो उपलब्ध गराएको छ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रबार