राजधानीमा डेंगी संक्रमण बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले विशेष सरसफाइ सुरू गरेको छ । कामपाले बिहीबारबाट डेंगी नियन्त्रण गर्न लार्भिसाइट छर्किने र सडक वरपर विशेष सरसफाइ सुरु गरेको छ ।
कामपाले डेंगी नियन्त्रण र विशेष सरसफाइ गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय र कामपा वातावरण व्यवस्थापन विभागअन्तर्गत केही कर्मचारी परिचालन गरिएको छ ।
चाडवाड सुरु हुनै लाग्दा राजधानीमा डेंगी संक्रमणको संख्या ह्वात्तै बढ्न थालेको छ । कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले महानगरभित्र १ सय ८४ जना डेंगी संक्रमित रहेको जानकारी दिनुभयो । तर, अस्पतालहरूले जनाएअनुसार सयौंको संख्यामा संक्रमित रहेका छन् ।
उहाँले सबैभन्दा बढी कालिमाटी, कलंकी र स्वयम्भू क्षेत्रमा डेंगी संक्रमितको संख्या बढेको जानकारी दिनुभयो । बढी वर्कसप, भीडभाड हुने र पानी जम्ने क्षेत्र बढी भएका कारण ३ वटाक्षेत्रमा संक्रमितको संख्या बढेको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ