सूचनाको शक्ति - The Power Of Information

        

इजरायलबाट नेपालीको उद्धार सुरू

इजरायलमा हमासको आक्रमणपछि स्वदेश फर्कने नेपालीहरुको पहिलो टोली शुक्रबार बिहान ३ बजे काठमाडौं आइपुगेको छ ।

नेपालीहरुलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट हमासको आक्रमणमा घाइते भएका धनबहादुर चौधरी सहित २ सय ५४ जना नेपाली स्वदेश फर्केका हुन् ।

नेपालीहरुलाई नेपाल लिएर काठमाडौं आएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका अन्य नेपालीको उद्धारका लागि पनि आवश्यकता अनुसार जहाज पठाइने बताउनुभयो ।

यसअघी शुक्रबार बिहान स्वदेश फर्केका नेपालीहरुको स्वागतका लागि पर्यटनमन्त्री सुदन किराती, नेपालका लागि इजरायली राजदुत हनान गोदर लगायत परराष्ट्र मन्त्रायलका अधिकारीहरु बिमानस्थल पुगेका थिए । इजरायलबाट फर्केका आफ्ना परिवारका सदस्य लिनका लागि आफन्तहरुको घुइँचो लागेको थियो ।

उद्धार गरि ल्याइएका नेपाली मध्ये केही परिवार संगै घर फर्केका छन् भने घर टाढा भएकाहरुलाई नेपाल प्रहरीको बसबाट सम्बन्धित ठाउँमा पुर्‍याइएको थियो । स्वदेश फर्केका नेपालीहरु भावुक बनेका थिए।

नेपालको भूमी टेक्दा कतिपयका आँखाबाट खुसीका आँसु थाम्न नसक्ने गरी बगिरहेका थिए । हालसम्म इजरायलमा रहेका ५ सय ५७ जना नेपालीले नेपाल फर्कनका लागि अनलाइन प्रणाली मार्फत इजरायलस्थित नेपाली दुताबासलाइ आफ्नो विवरण उपलब्ध गराएका छन् ।

जसमध्ये ५ सय ३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा शुक्रबार २ सय ५४ जना स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार ०७:२७

लोकप्रिय