२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday

सन्दिपले त्रिदेशिय श्रृंखला नखेल्ने

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० असोज २६ गते शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले त्रिदेशीय टि ट्वेन्टी शृखला नखेल्ने निर्णय गरेका छन् ।

बिहीबार राति सन्दीपले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृंखलामा आफू सहभागी नहुने जानकारी गराएका हुन् ।

उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको पनि बताएका छन् । घरेलु मैदानमा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट शंखलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ ।

सन्दीप विरुद्धको बलात्कार मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रबार